
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडाैँ । भरतपुर महानगरले खानेपानी निस्शुल्क गर्ने भएको छ। महानगरपालिकाले आज सार्वजनिक गरेको बजेट कार्यक्रममा उपभोक्ताको खानेपानी महसुल महानगर आफैँले तिर्ने उल्लेख गरिएको हो।
बजेटमा महानगरपालिकाभित्र मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको खानेपानी महसुल महानगरपालिकाले भुक्तानी गर्न ३ करोड बजेट व्यवस्थापन गरिएको उल्लेख छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij