
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौं । नेकपा एकीकृत समाजवादीका १० सांसदले मन्त्रीपरिषद् हेरफेरविरुद्ध पार्टीमा असन्तुष्टि पत्र दर्ता गराएको छ ।
आज बिहाना १० बजे पार्टी कार्यालयमा समाजवादी पार्टीबाट मन्त्री बनेका विरोध खतिवडाको नेतृत्वमा १० सांसदले असन्तुष्टि पत्र दर्ता गराएका हुन् ।
विरोध खतिवडाको नेतृत्वमा सांसदहरू रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ, कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले असन्तुष्टि पत्र दर्ता गराएका हुन् ।
बजेटको बीचमा मन्त्री फेर्ने निर्णय पार्टीको अपरिपक्व भएको उक्त पत्रमा लेखिएको छ । बजेटको बीचमा मन्त्री फेर्ने निर्णय पार्टीको अपरिपक्व छ,पत्रमा लेखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij