
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौँ । गोंगबुमा प्रधान कार्यालय रहेको जेष्ट बचत तथा ऋण सहकारी संस्थाले अब आफ्नै भवनबाट कारोबार शुरु गर्ने भएको छ ।
संस्थाले सामाखुशी चोक नजिकै आफ्नै भवन निमार्ण गरेको छ । भवनको पुजा समेत सम्पन्न भैसकेको उक्त नयाँ भवनबाट अब केही दिनमै सदस्यलाई सेवा प्रदान गर्ने संस्थाका प्रमुख कार्यकारी सञ्चालक मधुसुदन पाठकले जानकारी दिए ।
संस्थाले प्रधान कार्यालय सँगै कलंकी, न्युरोड, कोटेश्वर, टोखा र हात्तिगौंडा सेवा केन्द्रहरुबाट पनि सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । हाल प्रधान कार्यालय रहेको स्थानबाट पनि संस्थाले नियमित सेवा प्रदान गर्ने जनाइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij