Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

भरतपुर महानगरः ६ अर्बको बजेट ल्याउँदै 

भरतपुर महानगरः ६ अर्बको बजेट ल्याउँदै 

  • काठमाडौँ । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार १० गते शुक्रबार नगर परिषद् हुँदैछ । चालु आर्थिक वर्षको बजेट रु ४अर्ब ८५ करोड थियो । एक अर्बभन्दा बढी बजेट आउँदो वर्षका लागि थप गरिन लागेको हो ।

    images
    images
    images

    महानगरपालिका प्रमुख रेनु दाहालले बजेटले उत्पादन, रोजगारी, कृषि, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा जोड दिइएको बताए । गत पाँच वर्ष भौतिक पूर्वाधार अन्तर्गत सडकमा जोड दिएको महानगरपालिकाले आउँदो बजेटमा भौतिक पूर्वाधार अन्तर्गत ढलमा बढी जोड दिन लागेको उनले जानकारी दिए । 

    images

    बजेटमा शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी बजारको माग र आवश्यकताको समेत ख्याल गरी शैक्षिक कार्यक्रम अघि वढाउन लागिएको छ । महानगरभित्रका सबै टोल सुधार समितिहरूलाई टोल सुरक्षा, जनसङ्ख्याको अभिलेख, सडक हरियाली, सडक बत्ती, फोहर सङ्कलन र रु एक लाख बराबरको टोल सुधार तथा विविध मर्मत कार्यक्रमहरूको कार्यविधि बनाई टोल सुधार समितिहरूलाई सशक्तीकरण गर्ने योजना महानगरको रहेको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij