
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेका गठबन्धनबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्नेबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार दिउँसो ३ बजे बैठक बोलाइएको बालुवाटार स्रोतले बताएको छ । गठबन्धनको बैठकमा नेकपा एसले मन्त्री फेरबदल गर्ने निर्णय कार्यान्वयन गर्न ध्यानाकर्षण गराउने बताएको छ ।
स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत पाँच दलका शीर्ष नेताहरू सहभागी हुँदैछन् ।
सरकारले मंसिर पहिलो साता चुनाव गर्ने गरी असार मसान्तभित्रमा चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij