
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्माले युनिफिल मिसन लेवनानमा तैनाथ नेपाली बटालियनको हेडक्वाटरको भ्रमण गरेका छन् ।
प्रधानसेनापति शर्मासहित भ्रमण दलका सदस्यहरुले सोमबार नै युनिफिल हेडक्वाटरको समेत भ्रमण गरेका छन् ।
सो अवसरमा प्रधानसेनापति शर्माले युनिफिल मिसन लेवनानका ‘हेड अफ मिसन’ मेजर जनरल अरोलोडो लाजारो सेन्जसँग शिष्टाचार भेट गरे ।
वनानमा नेपाली सेना तथा नेपाली नागरिकहरुलाई सहयोग गरेका तीन जना लेवनानी नागरिकलाई उनीहरुले पु¥याएको योगदानको कदर स्वरुप ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरेका छन् ।
अवसरमा प्रधानसेनापति शर्माले दक्षिण लेवनानमा शान्ति स्थापनाको लागि युनिफिलको म्यान्डेट अनुरुप कार्यसम्पादन गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको र युनिफिलमा नेपाली सेनाको निरन्तर सहभागिताको प्रतिवद्धतासमेत जनाए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij