
May 08 2025 | २०८२, वैशाख २५ गते
काठमाडौँ । बूढीगण्डकी जलविद्युत आयोजना प्रभावितले बैंकहरूले मुआब्जा रकम झिक्न नदिएको गुनासो गरेका छन् ।
पछिल्लो समय आयोजनाले डुबान क्षेत्रका बासिन्दालाई दिएको घर, गोठ, संरचना र बोटबिरुवाको मुआब्जा रकम आफूहरूले बैंकबाट झिक्न नपाएको उनीहरूको गुनासो छ ।
बूढीगण्डकी वातावरण, मुआब्जा, पुनर्वास तथा पुनस्थापना इकाईले प्रभावितको बैंक खातामा रकम पठाएको १५ दिन भइसक्दा पनि बैंकले रकम झिक्न नदिएको डुवानबासीले गुनासो गरेका छन् ।
बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले सोमबार एक विज्ञप्ति जारी गरी बैंकहरूले मुआब्जा रकम खाताबाट झिक्न नदिएकोमा आपत्ति जनाएको हो ।
डुबानबासीलाई आफ्नो घर, गोठ, संरचना र बोटबिरुवाको मुआब्जा दररेट थाहा दिन र यदि घर, गोठ, संरचना र बोटबिरुवाको मुआब्जा दिन छुटेको भए मुआब्जा पाउने सुनिश्चित गर्न पनि सरोकार समितिले माग गरेको छ ।
आफ्नो खातामा आएको मुआब्जा रकम प्रयोग गर्न दिनबाट वञ्चित गर्ने बैंकहरूको यस कार्यकोे समितिका संयोजक हरेराम ढकालले भत्र्सना गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij