Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

नाडाको आयोजनामा भरतपुरमा ‘कर, भन्सार तथा भिसिटियस’ प्रशिक्षण कार्यक्रम सम्पन्न

नाडाको आयोजनामा भरतपुरमा ‘कर, भन्सार तथा भिसिटियस’ प्रशिक्षण कार्यक्रम सम्पन्न

  • काठमाडौँ। चितवनको भरतपुरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र चितवन अटोमोवाइल्स एशोसिएशन, प्रदेश ३ संगको सहकार्यमा कर, भन्सार तथा भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    असार ४ गते भरतपुर, चितवनमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र चितवन अटोमोवाइल्स एशोसिएशन, प्रदेश ३ संगको सहकार्यमा कर, भन्सार तथा भिसिटियस सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

    सो कार्यक्रमका प्रमुख अतिथि तथा नाडाका अध्यक्ष धु्रववहादुर थापाले आर्थिक बर्ष २०७९र८० को बजेटले सवारी साधनको महशुलमा गरेको परिवर्तनले व्यवसायीहरुमा थप अन्यौलता आएको भन्दै देशमा विद्यमान तरलता अभावले व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्न कठीन हुदै गएको बताए ।

    उनले विश्वमा विद्युतिय सवारी साधनहरुको प्रयोग अपरिहार्य भएकोले यसलाई व्यवस्थित गर्न सरकारले आवश्यक नीति नियमहरुको तर्जुमा गरेर थप रोजगारी सिर्जना गर्नु पर्ने बताए ।

    त्यस्तैै व्यवसाय मैत्री नीति नियम ल्याउन सरकारलाई नाडाले दवाव दिदै आएको परिप्रेक्षमा स्वच्छ व्यवसायको लागि समेत नाडाले आवाज उठाउदै आएको उनले बताए ।

    सो कार्यक्रममा आन्तरिक राजश्व कार्यालय, भरतपुरका प्रमुख घनश्याम पन्थी, वीरगञ्ज भन्सार कार्यालयका निर्देशक हरिहर पौडेल, राजश्व अनुसन्धान विभागका कम्प्युटर अधिकृत पवन बस्नेत तथा चार्टड एकाउण्टेन निकेट अग्रवालले आ(आफनो विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए ।

    उक्त प्रशिक्षण कार्यक्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्धय अनुप बराल, निलमणी पाठक, प्रकाश कपुरी तथा सोहन श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

    नाडाले गत जेष्ठ २७ गते लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, प्रदेश ४ को सहकार्यमा सोहि प्रकारको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । नाडाले यही आसाढ मसान्तसम्म ७ वटै प्रदेशमा यस्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij