
May 08 2025 | २०८२, वैशाख २५ गते
काठमाडौँ। एनसीसी बैंकले असार १ गतेबाट २६ लाख ३४ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
लिलामी सेयरको शिलबन्दी असार १६ गते बिहान ११ बजे सनराइज क्यापिटल कमलपोखरी काठमाडौँमा खोलिने जनाइएको छ ।
यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । भने न्यूनतम १४२ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ जनाइएको छ ।
असार १५ गते सम्म आवेदन दिन मिल्ने यसमा लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्ने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij