
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौँ । भुटानी शरणार्थी नेता डा. भम्पा राईको निधन भएको छ । उनको आज बिहान विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
पाँच दिनअघि राईको हर्नियाको उपचार गरिएको थियो । शनिबार दिउँसोदेखि मुटुको चाल कमजोर भएका कारण उनलाई नोबेल अस्पताल भर्ना गरिएको थियो ।
सन् १९९२ मा भुटानबाट खेदिएर नेपाल आएपछि राई दमकमा बस्दै आएका थिए । शरणार्थीको निःशुल्क उपचारमा संलग्न राईले चिकित्सासँगै शरणार्थी फिर्ती आन्दोलनको नेतृत्व गरेका थिए ।
भुटानी राजाको रूपमा पनि काम गरिसकेका राईले शरणार्थीको तेस्रो देश पुनर्वासको कार्यक्रम अस्विकार गर्दै सास रहेसम्म शरणार्थीको स्वदेश फिर्तीलाई नै अभियानको रूपमा अघि बढाउने प्रतिबद्धता गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij