Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

सयपत्री हाइड्रोपावरको आइपिओ खुला

सयपत्री हाइड्रोपावरको आइपिओ खुला

  • काठमाडौँ । सयपत्री हाइड्रोपावरले आयोजा प्रभावित क्षेत्र बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका बासिन्दाका लागि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।

    images
    images
    images

    कम्पनीले प्रतिकित्ता रु १०० अंकित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख कित्ता प्राररम्भिक सार्वजनिक निष्काशन (आइअियो)को बिक्री खुला गरेको कम्पनीले जनाएको छ ।

    कम्पनीका स्थानीय प्रतिनिधि जीवन बस्नेतका अनुसार शेयर खरिदका लागि यही असार १६ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिमा मागअनुसार आवेदन नपरे असार ३० गतेसम्मलाई म्याद थप हुनसक्ने जनाइएको छ । 

    न्यूनतम १० देखि ३० हजार कित्तासम्म शेयर खरिदका लागि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ ।

    स्थानीयवासीले ग्लोबल आइएमई बैंकको बागलुङ शाखा, गलकोट शाखा, प्रभु बैंकको गलकोट शाखा र ताराखोला शाखाबाट शेयर खरिदका लागि आवदेन दिन सक्नेछन् ।

    आयोजना प्रभावित क्षेत्रका बासिन्दा भएको प्रमाणित गर्ने स्थानीय तहबाट जारी कागजातलाई अनिवार्य समावेश गरी दरखास्त बुझाउनुपर्ने जनाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij