Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

निहारिकाले ताेडिन् अनसन

निहारिकाले ताेडिन् अनसन

  • काठमाडौँ । न्यायकाे माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी साेनाली कुमारी सिंह (निहारिका) र सरकारबीच ५ बुँदे सहमति भएकाे छ । गृहमन्त्री बालकृष्ण खाणकाे हातबाट जुस खाएर अनसन ताेडेकि हुन् । अनसन तोडाउन राष्ट्रिय महिला आयोगकि सदस्य कृष्णा पाैडेल खतिवडाकाे पहल गरेकी थिइन् ।

    images
    images
    images

    प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छाेराकाे डिएनए परीक्षणकाे कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र निजकाे छाेराकाे सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्ताकाे आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएकाे छ ।

    images

    सहमति पत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पाेखरेल, उपसचिव वसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गाैतम र लाेग्शरी कुवरले हस्ताक्षर गर्नु भएकाे छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij