
Jun 11 2025 | २०८२, जेठ २८ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रका ललितबहादुर घलान जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुखमा निर्वाचित भएका छन् ।
बिहीबार भएको निर्वाचनमा घलान १७ मत ल्याएर निर्वाचित भएका हुन् । उनी सत्तारुढ गठबन्धनको समर्थनमा जिसस प्रमुखमा निर्वाचित भएका हुन् ।
उपप्रमुख र सदस्यमा पनि सत्तारुढ गठबन्धनकै दलका उम्मेदवार निर्वाचित भएका छन् । हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा अध्यक्षको पदबाट राजीनामा दिएर घलानले जिसस प्रमुखमा उम्मेदवारी दिएका थिए ।
यस्तै जिसस उपप्रमुखमा नेपाली कांग्रेसका सानुकाजी लुइँटेल सर्वसम्मत चुनिए । भने महिला सदस्यमा नेपाली कांग्रेसकी तारा ढुंगाना (१७ मत), विष्णुमाया थपलिया (१७ मत) र सुमित्रा थिङ (१७ मत) निर्वाचित भएका छन् । दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियार सर्वसम्मत चयन भइन् ।
खुलातर्फ ३ जना सदस्यमा नेकपा एकीकृत समाजवादीका वीरेन्द्र कुमार लामा (१६ मत), नेकपा माओवादी केन्द्रबाट खड्क बहादुर पुलामी (१७ मत) र सुवर्ण गोपाली (१७ मत) ल्याएर निर्वाचित भए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij