Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

संसदमा उपस्थित नभएका देउवा एनआरएनएको कार्यक्रममा 

संसदमा उपस्थित नभएका देउवा एनआरएनएको कार्यक्रममा 

  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा संसदमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा भाग नलिर्ई एनआरएनएको कार्यक्रममा सहभागी भएका छन् ।

    images
    images
    images

    बिहिबार प्रतिनिधिसभा बैठकमा उपस्थित नभएका प्रधानमन्त्री देउवा गैर  आवासीय नेपालीको संस्था एनआरएनएको कार्यक्रममा सहभागी भएका हुन् । 

    images

    प्रधानमन्त्री देउवाले बोल्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको  नीति कार्यक्रम तथा बजेटमाथि गृहमन्त्री बालकृष्ण खाणले बोलेका छन् । 

    बिहीबार मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री देउवा संसदमा उपस्थित नभएपछि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रश्न उठाएका थिए । तर देउवाले कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको भन्दै संसद सचिवालयमा पत्र पठाएका जनाईएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij