Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

महिलाका लागि पहिलोपटक जलयात्रा तालिम शुरू

महिलाका लागि पहिलोपटक जलयात्रा तालिम शुरू

  • काठमाडौँ । नेपाल पर्यटन वोर्डले नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा तालिम शुरू  गरेको छ । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत बुधबारदेखि सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित सुनकोसीमा १५ दिने महिला रिभर गाईड तालिम शुरू गरेको हो ।

    images
    images
    images

    महिलाका लागि पहिलोपटक शुरू  हुन लागेको रिभर गाईड तालिममा महिलालाई नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा)ले निःशुल्क तालिम प्रदान गर्ने नेपाल पर्यटन वोर्डले जनाएको छ । 

    images

    तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले नेपालमा पहिलो पटक महिलाहरूका लागिमात्र आयोजना गरिएको यो तालिमले जल पर्यटनमा जनशक्तिको विकासमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij