Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

प्रधानमन्त्रीद्वारा आज जवाफ दिने

प्रधानमन्त्रीद्वारा आज जवाफ दिने

  • काठमाडौँ । प्रतिनिधि सभाको आज (बिहीबार)को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने भएका छन् । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

    images
    images
    images

    प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा जवाफ दिने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन बिहीवारका लागि समय निर्धारण गरेका हुन्।

    images

    बुधवारको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएकामा राति ९ः३० बजेसम्म चलेको बैठकपछि सभामुख सापकोटाले उक्त जानकारी गराएका हुन्। रक्षामन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री एसपीपी लगायतका विषयमा सांसदहरुले जवाफ माग गरेका छन्। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij