Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

गणपती बनस्पतीद्वारा ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’लाई १ करोड ११ लाख सहयोग

गणपती बनस्पतीद्वारा ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’लाई १ करोड ११ लाख सहयोग

  • काठमाडौँ । गणपती बनस्पती प्रा.लि.ले ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’लाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रमबीच उक्त रकम हन्तान्तरण गरेको हो ।

    images
    images
    images

    कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बाल बच्चाहरुको लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले डा. भगबान कोइरालाको नेतृत्वमा स्थापित हस्पिटललाई सहयोग गरिएको कम्पनीले जनाएको छ ।

    images

    इन्टिच्युटद्वारा आयोजित एक कार्यक्रममा अस्पतालका अध्यक्ष डा. भगवान कोइराला, लक्की ग्रुपका अध्यक्ष सतिश कुमार मोर, उपाध्यक्ष श्रवण कुमार मोर, राजकुमार मोर, म्यानेजिङ डाइरेक्टर अमित मोर तथा डाइरेक्टरहरु अनन्ता मोर र राजिब मोरको उपस्थितिमा उक्त रकमको चेक हस्तान्तरण  गरियो  ।

    बिगत २५ वर्षदेखि संचालनमा रहि देशको अर्थतन्त्रमा टेवा पुर्याउँदै आएको यो कम्पनीले संचालनको बिभिन्न काल खण्डमा स्वदेश तथा विदेशमा बिपद व्यवस्थापन, वैज्ञानिक आविस्कार, विद्यालय, धार्मिक मठ मन्दिर, बाढी पहिरो, विपन्नको उपचार, भौतिक पूर्वाधारको लागि सहयोग गर्दै आइरहेको छ ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij