Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

स्वास्थ्य राज्यमन्त्री वलीलाई बुटवल पठाइयो

स्वास्थ्य राज्यमन्त्री वलीलाई बुटवल पठाइयो

  • काठमाडौँ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले बुटवल पठाएको छ । दाङको तुलसीपुरमा मंगलबार एकजना महिला र बालिकामाथि हातपात गरेको भन्दै प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई मंगलबार राति ११ बजे बुटवल पठाइएको हो ।

    images
    images
    images

    प्रदेश सरकारको आग्रहमा मन्त्री वलीलाई लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताए । 

    images

    राज्यमन्त्री वलीले मंगलबार तुलसीपुरका वाईसीएल नेताका एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीमाथि कुटपिट गरेको आरोप छ । पीडित महिला मिना भण्डारीले भने आफूमाथि राज्यमन्त्री वलीले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij