
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं । उपत्यका प्रहरी प्रमुख भ्याली कमाण्डमा प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा कार्यरत एआईजी रविन्द्रबहादुर धानुकलाई जिम्मेवारी दिएको छ ।
अपराध अनुसन्धान तथा कमाण्ड क्षमतामा अब्बल एआईजी धानुकले एसएसपी हुँदा काठमाडौं प्रहरी प्रमुख र ललितपुर प्रहरी प्रमुखको सफल कमाण्ड सम्हालेका थिए ।
उपत्यकाको काठमाडौं र ललितपुर जिल्लाको कमाण्ड सम्हालेको अनुभव सँगै प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदा धानुकले लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij