
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौं । तारा एयरको विमानमा एकै परिवारका सातजना रहेको पुष्टि भएको छ । धनुषाका एकै परिवारका सात जनाको दुर्घटनामा मृत्यु भएको हो । मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले सामाजिक सञ्जालमार्फत् सो नगरपालिकाको वडा नम्बर ११ स्थित लोटाका गोले परिवारका सात जनाको विमान दूर्घटनामा मृत्यु भएको जानकारी दिएका छन् ।
मेयर महतोका अनुसार दूर्घटनाग्रस्त विमानमा लोटाका राजन कुमार गोले, उहाँका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका थिए ।
यस्तै, गोरखाको एकै परिवारका चार जनाको पनि दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाएका गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ र रोजिना श्रेष्ठ एकै परिवारका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij