Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

१७ डीआइजीमा २७ एसएसपीको दौडादौड

१७ डीआइजीमा २७ एसएसपीको दौडादौड

  • डीआइजीपी पदमा बढुवा हुनेहरु नै २०७९ साल चैतको १० गते नेपाल प्रहरीको ३० औं प्रहरी महानिरीक्षक बन्ने सुअवसर प्राप्त हुनेछ ।  

    images
    images
    images

    ललितपुर । सरकारले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षकको बढुवा गर्ने गृहकार्य शुरु गरेको छ । ३० वर्षे सेवा अवधिका कारण आइजीपी, एआइजीपी, डीआईजीपी र एसएसपीहरुले अनिवार्य अवकासमा गएपछि १७ डीआइजीपी पदहरु रिक्त हुने भएका हुन् । २७ जना एसएसपीबाट १७ जना डीआइजीपीमा बढुवा सिफारिश हुनेछन् । 

    images

    सरकारी हस्तक्षेप नगरेमा वरिष्ठको आधारमा २०७५ फागुन ६ गते एसएसपीमा बढुवा भएकाहरु नै बढुवामा सिफारिस हुनेछन् । सिनियर एसएसपीहरुमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेश जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरूङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्त कुँवर र भीमप्रसाद ढकाल डीआइजीपीमा बढुवाको प्रबल दावेदार रहेका छन् । 

    त्यसैगरि २०७७ बैशाख १७ गते एसएसपीमा बढुवा भएका जनक भट्टराई, विष्णु केसी, कुबेर कडायत, भरत बोहोरा, केदार ढकाल, अशोक सिंह, सुदिप गिरी, दुर्गा सिंह, रविन्द्र केसी, किरण राणा, राजेशनाथ बाँस्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल र चन्द्र खापुङ पनि डीआइजीपी पदमा बढुवाको दावेदार रहेका छन् । उल्लेखित वरिष्ठ प्रहरी उपरिक्षकहरु २०६३ भदौ ८ गते डीएसपीमा बढुवा भएका हुन् । यी वरिष्ठ प्रहरी उपरिक्षकहरु २०५१ साल चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । 

    उल्लेखित नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक मध्ये डीआइजीपी पदमा बढुवा हुनेहरु नै २०७९ साल चैतको १० गते नेपाल प्रहरीको ३० औं प्रहरी महानिरीक्षक बन्ने सुअवसर प्राप्त हुनेछ ।  

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij