
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौ । ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सो जहाज सम्पर्कविहीन भएको नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए।
उक्त जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । ९ एन-एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ सदस्य पनि छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij