
Jun 20 2025 | २०८२, असार ६ गते
रुपन्देही । रुपन्देहीको भलवारीमा रहेको नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा आगलागी भएको छ। आयल निगमको डिपोभित्र डिजल लोड गरेर बाहिर निस्कने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको टयांकरमा आगलागी भएको प्रहरीले जनाएको छ।
डिजल र पेट्रोल लोड गरेर बाहिर निस्किने क्रममा आगलागी हुँदा दुईवटा ट्यांकरमा पूर्ण क्षति पुगेको छ। आगलागीबाट ट्यांकरमा पूर्णमात्रामा क्षति पुगेको प्रहरीले जनाएको छ । यस्तै आगलागी नियन्त्रणमा ल्याउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, निगमका कर्मचारी, अग्नि नियन्त्रकसमेत खटिएका थिए । कसरी आगलागी भयाे भने कारण खुल्न सकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij