
Jun 20 2025 | २०८२, असार ६ गते
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित ऐतिहासिक अमलेखगञ्जमा पानीको स्रोत नहुँदा स्थानीयले सधैं सास्ती भोग्नुपर्ने बाध्यता छ । वर्षायाममा फुट्ने स(साना पानीको मुहान पनि हिउँदमा सुक्ने हुँदा सुख्खायाममा उनीहरुको दुःख अझै बढ्ने गरेको छ ।
वर्षायाममा धमिले र हिउँदमा सुख्खाका कारणसमेत उनीहरूलाई दुस्ख हुने गरेको छ । पानी ओसार्नकै लागि ३ नम्बर पुलस्थित खोलामा पुग्नुपर्ने उनीहरूको सधैंको बाध्यता बनेको छ ।
१२३ घरधुरी बासिन्दालाई डोकोमा तल खोलाबाट पानी बोकेर उकालो चढ्नुपर्ने बाध्यता छ । खानेपानीको समस्याकै कारण स्थानीय बासिन्दा खोलाकै पानी खान बाध्य भएका छन् । खानेपानीको अभावमा यहाँका होटेल व्यवसायसमेत संकटमा पर्न थालेका छन् ।
स्थानीयबासीहरुलाई खानेपानीसम्बन्धी समस्या दिन प्रतिदिन बढ्दै गएको छ । चुरे पहाडकै फेदमा रहेको अमलेखगञ्ज बस्तीमा खानेपानीको समस्या र हाहाकार भएको हो । पानी संकलन गर्न नयाँ बिजौरी, पुरानो बिजौरी, ४ नम्बर पुल छेउ र १ नं. मुहान गरी ४ वटा मुहान प्रयोगमा ल्याइएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij