Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित

कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित

  • उदयपुर । उदयपुरको कटारी नगरपालिकामा गठबन्धनका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ  निर्वाचित भएका छन । गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ ६ हजार ४१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।  

    images
    images
    images

    उनका निकटतम् प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको समर्थनमा स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले ५ हजार ९५२ मत प्राप्त गरेका छन् । निर्वाचित श्रेष्ठले ४६५ मतान्तरले बराललाई पराजित गरेका हुन् ।नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले ५ हजार ७१५ मत पाएका थिए भने नगर प्रमुखका अर्का स्वतन्त्र उम्मेदवार बालकृष्ण थापाले २ हजार १५४ मत प्राप्त गरेका थिए । 

    images

    नगर उपप्रमुखमा नेकपा एमालेकी गीता खड्का निर्वाचित भएकी छिन् । उनले ६ हजार ४१३ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका नेकपा माओवादी केन्द्रका विनोद कटुवालले ३ हजार ८२१ मत प्राप्त गरेका छन् । नगर उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका हृदयबहादुर तामाङले ३ हजार ७२३ मत प्राप्त गरेका छन् भने अर्का स्वतन्त्र उम्मेदवार नगर उपप्रमुख कृष्णबहादुर थापाले ३ हजार ३४६ मत प्राप्त गरेका छन् । 

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij