
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडाैँ । लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत बौद्ध अध्ययन संकायको आयोजनामा बौद्ध कथालेखन प्रतियोगिता हुने भएको छ ।
नेपाली साहित्यमा बौद्ध दर्शन, गौतम बुद्धको जीवनी, बुद्धकालीन, घटना तथा जातक कथाहरूको प्रवर्द्धन गर्ने हेतुले गर्न लागिएको सो प्रतियोगिताको लागि यही २८ जेठभित्र कथाहरू पठाउन सकिने छ ।
मूल्यांकन समितिबाट उत्कृष्ट ठहरिएका पाँच जनासहित अन्य दश जनालाई सान्त्वाना पुरस्कार दिइने र कथामा एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म शब्द हुने पर्ने शर्त राखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij