
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडाैँ । रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ ।
अध्यक्षमा लोसपाका बालकृष्ण त्रिपाठी त्रिपाठी ३९९ मतान्तरले विजयी भएका हुन् । त्रिपाठीले ४६३८ मत पाएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोककुमार जयसावलले ४२ ३९ मत ल्याएका छन् ।
यस्तै, उपाध्यक्षमा लोसपाकै सुशीलाकुमारी यादव ४७३६ मत पाएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गुजराती यादवले ३४४२ मत पाएको निर्वाचन अधिकृत शिवप्रसाद पराजुलीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij