Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

कोञ्ज्योसोम गाउँपालिकामा : निर्वाचित कृष्णमान लामाले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा

कोञ्ज्योसोम गाउँपालिकामा : निर्वाचित कृष्णमान लामाले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा

  • ललितपुर । ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित कृष्णमान लामाले गाउँपालिका भित्रका ७० वर्ष माथिका वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका छन् ।

    images
    images
    images

    सोमबार पदबहाली गर्दै लामाले पहिलो निर्णयको रुपमा  ७० वर्ष माथिका वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

    images

    उनका अनुसार प्रत्येक वडाको सिफारिसमा गाउँपालिकावासी वृद्धवृद्धा,अशक्त र सुत्केरी बिरामीलाई काठमाडौँ उपत्यकाभित्रका अस्पतालमा ल्याउन लान गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले अध्यक्ष कृष्णमान लामा,उपाध्यक्ष राजनप्रसाद घिमिरे तथा सबै वडाध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij