
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । रूपनी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत र विजय उत्सव मनाउन आज रूपनी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अरविन्द चौधरीले सोमबार सूचना जारी गर्दै पालिकाभरका सरकारी कार्यालय, संघसंस्था, शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सबै कार्यालय बन्द गर्न सार्वजनिक बिदा दिएका हुन् ।
अधिकृत चौधरीले नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको निर्देशनमा बिदा दिएको सूचनामा उल्लेख गरेका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij