
May 21 2025 | २०८२, जेठ ७ गते
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा हरि गोविन्द श्रेष्ठ र उपमेयरमा लक्ष्मी महर्जन विजयी भएका हुन्।
मेयर उम्मेदवार हरि गोविन्द श्रेष्ठ ९ हजार ३५० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ५ हजार ६५८ मत पाए। नेकपा एकीकृत समाजवादीका नकुल थापाले ३ हजार ८९१ र राप्रपाका प्रविण खत्रीले २ हजार ५९३ मत पाएका छन्।
यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन ९ हजार ५९१ मतसहित विजयी भइन्। नेकपा एमालेकी उम्मेदवार विणा सुवेदीले ८ हजार ६८३ र राप्रपाकी उम्मेदवार रामदेवी महर्जनले २ हजार ६२४ मत पाएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij