
May 21 2025 | २०८२, जेठ ७ गते
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सर्केश घलान विजयी भएका छन्। घलानले ७ हजार ३८४ मत प्राप्त गर्दै दोस्रो कार्यकालको लागि विजयी भएका हुन्।
घलानले उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खेम जर्गा मगरलाई १ हजार २१८ मतान्तरले पराजित गरेका हुन्। मगरले ६ हजार १६६ मत प्राप्त गरेका छन्। त्यस्तै, गाउँपालिका उपाध्यक्ष पदमा नेपाली कांग्रेसका फणिन्द्र कुमार तिमल्सिना विजयी भएका छन्। उनले ७ हजार ९३५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी धनमाया स्याङ्तानले ४ हजार ६६९ मत प्राप्त गरेकी छिन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij