
Jun 20 2025 | २०८२, असार ६ गते
जनकपुरधाम । पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्ष पदमा चुनाव लडेकी मुख्यमन्त्री लालबाबु राउतकी श्रीमती जलेखा खातुन पराजित भएकी छन् । जनता समाजवादी पार्टीबाट उमेदवार बनेकी खातुनले ३ हजार १२३ मत प्राप्त गरिन् ।
उक्त पालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ। खातुन तेस्रो स्थानमा रहिन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीकान्त प्रसाद यादव ५ हजार ७४९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महमद सलिम मन्सुरले ३ हजार ९२६ मत ल्याए ।
उपाध्यक्षमा कांग्रेसकी बबिता सिहंले ५ हजार ५३१ मत ल्याएर विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी मीरादेवी कुर्मीले ३४५ मत प्राप्त गरेकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij