Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

 गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्‌घाटन

 गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्‌घाटन

  • काठमाडौं– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्‌घाटन भएको छ। सोमबार नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुवेतबाट आएको जजिरा एयरवेजको जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। 

    images
    images
    images

    नेपाल वायुसेवा निगमको जहाज सोमबार बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गर्‍यो। त्यसैगरी, जजिरा एयरवेजको जहाज ७ बजेर ८ मिनेटमा अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ। 

    images

    नेवानिले जहाज काठमाडौंबाट र जजिराको जहाज भने दोहाबाट कुवेत ट्रान्जिट गरी नेपाल आएको हो। सोमबार बुद्ध जयन्तीको अवसर पारेर विमानस्थल उद्‌घाटन गरिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्‌घाटन गरे। यो नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो। 

    विमानस्थल निर्माणको काम २०१५ देखि सुरु भएको थियो। भूकम्प, नाकाबन्दी तथा कोरोना र निर्माण कम्पनीका कारण निर्माणमा ढिलाइ भएको बताइएको छ। 

    विमानस्थल  निर्माणमा ३० अर्ब (जग्गा मुआब्जासहित) खर्च भएको छ। विमानस्थलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा लिइएको छ। 

    images

    यो विमानस्थलमा जेठ २९ गतेदेखि नियमित व्यावसायिक उडान हुनेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले यो विमानस्थल २४सै घण्टा सञ्चालनमा आउने बताए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij