
May 21 2025 | २०८२, जेठ ७ गते
खोटाङ । खोटाङको २ वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन्। केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका–३ बासपानीमा तुलाराम राई विजयी भएका हुन्। माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उनीहरु वडाध्यक्ष चुनिएका हुन्।
खार्ताम्छामा २ खुला सदस्य जसपाको र २ सदस्य नेकपा एकीकृत समाजवादीका विजयी भएका छन्। यस्तै, बासपानीमा २ खुला सदस्य माओवादी केन्द्रको र दलित महिलासहित २ महिला सदस्य नेकपा एकीकृत समाजवादीका तर्फबाट भएका हुन्। खुला २ सदस्य पनि महिला छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij