Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

बझाङको साइपालमा एमाले विजयी

बझाङको साइपालमा एमाले विजयी

  • बझाङ । बझाङको साइपाल गाउँपालिकामा एमाले विजयी भएको छ। एमाले उम्मेदवार मानबहादुर बोहरा ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन् ।

    images
    images
    images

    कांग्रेस उम्मेदवार उजेल बोहरा ६ सय १३ मत ल्याएर पराजित भएका छन्। उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मत ल्याएर विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत पाएकी थिइन्।

    images

    वडागत रूपमा हेर्दा वडा नम्बर १ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी विजयी भएका छन्। वडा नम्बर २ मा गठबन्धनका कांग्रेस उम्मेदवार हरिलाल बोहरा विजयी भएका छन्। वडा नम्बर ३ मा एमालेका उम्मेदवार गोरख बोहरा प्यानलसहित विजयी भएका छन्। वडा नम्बर ४ मा गठबन्धन (नेपाली कांग्रेस)बाट जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन्। वडा नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार जयपाल बोहरा प्यानलसहित विजयी भएका छन्।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij