
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । सिन्धुपाल्चोकको बलेफी–२ मा गोलाप्रथाबाट कांग्रेस उम्मेदवार छवि न्यौपानेले वडाध्यक्ष जितेका छन् । माओवादी केन्द्रका उम्मेदवार पुरुषोत्तम सापकोटा र न्यौपानेको मत बराबर आएको थियो।
उनीहरु दुवैजनाले ४९५ मत पाएका थिए । दुबैले बराबर मत पाएपछि गोलाप्रथा गरिएको थियो । गोलाप्रथाबाट कांग्रेसका न्यौपाने विजयी भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij