
May 21 2025 | २०८२, जेठ ७ गते
हुम्ला । खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन्।
कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको यो पालिकामा अध्यक्षमा रावलले १ हजार ८ सय १० मत ल्याएर विजयी भएका हुन्। साथै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाहीले एक हजार १ सय ९५ मत ल्याएका छन्।
यहाँ उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह विजयी भएका छन् । उनले १ हजार ८७२ मत ल्याएका छन्। यस्तै उनका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५० मत ल्याए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij