
May 21 2025 | २०८२, जेठ ७ गते
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। अध्यक्षमा एमालेका भुवनसिंह चिदी १ हजार १४१ मतसहित विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी गठबन्धनका हस्तबहादुर रास्कोटीले ९७९ मत प्राप्त गरे।
वडा सदस्यमा खुलातर्फ देउबहादुर पुन १ हजार १२१, यमबहादर गाहा १ हजार १२७, महिला खुला सदस्यमा धनकुमारी बगाले १ हजार १३० र दलित महिला सदस्य रुपकुमारी कामी १ हजार १३८ मतसहित विजयी भए। तिनाउ१ मा २ हजार १५० मत खसेको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij