Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

प्रधानसेनापतिका भाइ नागार्जुनमा वडाध्यक्षकाे उम्मेदवार

प्रधानसेनापतिका भाइ नागार्जुनमा वडाध्यक्षकाे उम्मेदवार

  • काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माका भाइ लक्ष्मीनारायण शर्मा नागार्जुन नगरपालिका वडा नं. ४ मा वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

    images
    images
    images

    नेपाली कांग्रेसबाट शर्माले वडाध्यक्षका लागि उम्मेदवारी दिएर उनी चुनावी मैदानमा उत्रिएका हुन् । शर्मा प्रधासेनापतिका कान्छा भाइ हुन् ।

    images

    शर्माले १३ बुँदे संकल्प पत्र अघि सार्दै घरदैलो अभियान चलाइरहेका छन् । उनले आफूले वडाध्यक्ष पदमा जिते चुस्त प्रशासन, स्वास्थ्य, शिक्षा तथा सूचना प्रविधि, स्वरोजगारी तथा तालिम, वातावरण तथा सरफाइ लगायतका कुरालाई प्राथमिकता दिने उल्लेख गरेका छन् ।

    शर्माले अघिल्लो स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारी दिएका थिए । तर एमाले उम्मेदवारसँग पराजित भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij