
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । स्थानीय चुनाव नजिकिदै गर्दा गठबन्धनको नेतृत्वदायी दल कांग्रेसमै कलह बढेको छ । नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन निर्वाचनमा जाँदै गर्दा चार दिन बाँकी छँदा एक अर्कोबिच असन्तुष्ट रहेको देखिन्नछ ।
नेता डा. शशांक कोइराला, निवर्तमान उपसभापति विमलेन्द्र निधिलगायत नेताहरू प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासँग सन्तुष्ट देखिएका छैनन् । निर्वाचन आउन चार दिन बाँकी छँदासम्म डा.कोइराला गठबन्धन दलका उम्मेदवारहरूलाई खुलेरै मत मागिरहेका छैनन् ।उनी असन्तुष्टि भएको देखिन्छ ।
उनले विज्ञप्ति जारी गरेर उनले सभापति देउवाविरुद्ध पार्टीमा लडिरहने उद्घोष यसअघि नै गरिसकेका छन् । ‘हामी कांग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै छौं । तर, पनि हामी लड्छौं’, उनको भनाइ थियो । कोइराला मात्र होइन, निवर्तमान उपसभापति विमलेन्द्र निधि पनि देउवाप्रति सन्तुष्ट छैनन् । पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिले चुनावी सभालाई सम्बोधन गर्ने वक्ताको सूचीमा आफूलाई नराखेको भन्दै असन्तुष्ट भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij