Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

मतदातालाई धम्क्याएको भन्दै प्रचण्ड विरुद्ध उजुरी 

मतदातालाई धम्क्याएको भन्दै प्रचण्ड विरुद्ध उजुरी 

  • काठमाडौँ । भरतपुर महानगरपालिकामा रेनु दाहाल निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने प्रचण्डको भनाइबारे प्रमुख प्रतिपक्षी दल एमालेले प्रश्न उठाउनुका साथै उजुरीसमेत परेपछि निर्वाचन आयोगले आन्तरिक रुपमा छानविन थालेको छ । 

    images
    images
    images

    आफ्नो दलको उम्मेदवार निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने अभिव्यक्ति आचारसंहिता विपरीत भएकाले यसको अध्ययन गरेर निष्कर्षमा पुग्ने आयोग स्रोतले जनाएको छ । 

    images

    दाहालले भरतपुरमा भएको सत्ताधारी गठबन्धनको निर्वाचन सभामा आफ्नी छोरीसमेत रहेकी माओवादी केन्द्रकी उम्मेदवार दाहाल निर्वाचित नभए देश दुर्घटनामा जाने चेतावनी दिएका थिए ।

    images

    उनको त्यो चेतावनीको चौतर्फी आलोचना भएको थियो । मतदातालाई धम्क्याएको र भयरहित निर्वाचनको वातावरण विथोलेको भन्दै उनी विरुद्ध उजुरी परेको जनाइएको छ ।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij