
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । मेयर उम्मेदवार रमेशमान दर्शनधारी
रमेशमान दर्शनधारी गोदावरी नगरपालिकाका प्रमुख पदमा उम्मेदवारी दिएका छन् । चुनाव जितेमा आफूले टिकाभैरव देखि नख्खुखोलाको बाटो कालोपत्र गर्ने, नगरबाट गर्ने कुनै पनि कामलाई ढिलासुस्ती हुन नदिने र कर व्यवस्थालाई न्यूनीकरण गर्ने, आर्थिक अवस्था कमजोर भएकाहरुलाई निःशुल्क स्वास्थ्य बिमा गराउने, युवा युवातीहरूसँग प्रत्यक्ष सरसल्लाह गरेर आवश्यकता अनुसारको रोजगारी दिने, भ्रष्टाचार हटाउने र कच्ची बाटोलाई व्यवस्थित गरी जाम हुन नदिने कार्यक्रम ल्याउने उनले बताएका छन् ।
उपमेयर उम्मेदवार अनिषा माली
अनिषा मालीले गोदावरी नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएकी छिन् । चुनाव जितेमा नगरको समस्या हल गर्ने, खानेपानीकाे व्यवस्था, बाटो कालोपत्र गर्ने र जेष्ठ नागरिक तथा गरिब जनताको आर्य आर्जन वृद्धि गराउने कार्यक्रम ल्याउने , गरिब विपन्नलाई निःशुल्क स्वास्थ्य बिमा गराउने, वृद्ध–वृद्धा भत्ता घरघरमा वितरण गर्न लगाउने कार्यक्रमका साथै जेष्ठ नागरिक तथा कम आय भएका लागि निःशुल्क औषधि दिने कार्यक्रम ठोस गरी कार्यान्वयनमा ल्याउने बताइन् ।
जनजागरण पार्टी उम्मेदवारलाई निवार्चन आयोगले टर्च लाईट चिन्ह दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij