Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

माहालक्ष्मी नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार: महर्जन र सुवेदी

माहालक्ष्मी नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार: महर्जन र सुवेदी

  • माहालक्ष्मी नगरपालिकाका, मेयर उम्मेदवार, चिरी बाबु महर्जन (स्वतन्त्र उम्मेदवार)
    ललितपुर माहालक्ष्मी नगरपालिकामा स्वतन्त्ररुपमा आफ्नो उम्मेदवारी दर्ता गरेका ४१ वर्ष चिरी बाबु महर्जन यतिबेला चुनावी दौडमा छन् । 

    images
    images
    images

    उनले आगामाी पाँच बर्षमा विभन्न योजना पुरा गर्नुकासाथै  सामानुपातिकरुपमा नैतिक शिक्षा विस्तार गरि समाजलाई सवल र समाजमा एकअर्कामा विस्वास कायम गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।  

    images

    उनले नैतिक शिक्षा विस्तार गरि समाजमा एकआर्कामा विस्वासको वातावरण कायम गर्नु पहिलो  योजना रहेको बताए । 

    images

    यस्तै, खानेपानी, यातायात, शिक्षा, स्वास्थ्यलगाएतका विकासका पुर्वाधार लागि विभिन्न कामसँगै नैतिक शिक्षा विस्तार गर्ने योजना रहेका छन् । भौतिक पूवाधार विकास गर्दा सँस्कृतिक सम्पदाहरुलाई जगेर्ना गरी विकासलाई बढवा दिने योजना रहेको उनले बताए । 

    पुर्वाधार विकास निर्माण गर्दा साँस्कृतिक सम्पदा गुमाउन नपरोस् जस्ता कुरामा जनाचेताना फैलाउने योजना रहेको छ । यस्तै लुभू गंगा महारानीको प्राचीन दरबार भएकाे ठाउँमा स्वस्थ्य चौकी निर्माण भएको छ । यसरी साँस्कृतिकसम्पदा मासेर भौतिक निर्माण गर्दा सम्पदा गुमाउनु परेको अवस्था छ । उनले यसरी पूर्वाधार निमार्ण गर्दा संस्कृतिक सम्पदा गुमाउन नपरोस भन्ने सचेतनाकोलागि नैतिक शिक्षा विस्तार गरि समाजलाई सवल बनाई समाजिक विस्वास कायम गर्नका लागि माहालक्ष्म्मी नगरपालीकामा स्वतन्त्ररुपमा आफ्नो उम्मेदवारी रहेको बताए ।

    माहालक्ष्मी नगरपालिकाका, मेयर उम्मेदवार, दिनेश प्रसाद सुवेदी (स्वतन्त्र उम्मेदवार)

    यसैगरी माहालक्ष्मी नगरपालिकाका अर्का स्वतन्त्र मेयर उम्मेदवारमा ४३ वर्षे दिनेश प्रसाद सुवेदी रहेका छन् । 

    उनले असल शासन व्यवस्थापका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनका योजनाहरुमा दु:ख पीडामा साथ, सबैलाई समान व्यवहार र कसैलाई अन्याय हुन नदिने ।, नगरपालिकामा कुनै पनि काम एक घण्टा भित्रमा सक्ने, हरेक हप्ता सार्वजनिक सुनुवाई र गुनासा सम्बोधन गर्ने, हरेक कार्यमा व्यापक जनासहभागिता, पारदर्शिता गर्ने, भोट र राजनीतिको लागि विकास बाडे कार्य निरुत्साहित पार्नेलगाएतका असल शासन व्यवस्थापका योजना तथा प्रतिवद्धता रहेका छन् ।

    यस्तै, शिक्षा स्वास्थ्य, निर्माण पुर्वाधार, गास,बास,कपास, युवा तथा खेलकुद, खानेपानी सररफई वातावरण लगाएतका योजना घोषणापत्रमा उल्लेख गरेका छन् ।

    यसैगरी, गुणस्तरीय समान शिक्षा, स्वस्थ्य बीमा, विपन्न र जेष्ठ नागरिकको हरेक महिना निशुल्क स्वास्थ्य परिक्षण गर्नेलगाएतका योजना रहेका पनि घोषणापत्रमा उल्लेख गरेका छन् ।

    गासबास कपासका योजनामा, राशनकार्ड व्यव्स्था गर्ने, विपन्नलाई सोहुलियत, एक घर एक रोजगार, बिपन्नलाई बसोबासको व्यवस्गथा लगाएतका योजना तथा प्रतिवद्धता रहेका छन् ।

    यस्तै युवा तथा खेलकुदमा,व्यायमस्थल निर्माण, खेलकुदलाई प्रोस्साहन,युवा सरोजकार कार्यक्रमको व्यवस्था गर्ने, यस्तै खानेपानी समस्या सम्बोधन गर्ने, एकघरएक धारा योजना पुरा गर्ने, फोहर प्रसोधन केन्द्र निर्माण गर्ने, हरेक टोलमा नियकीत सरसफाई गर्ने, एक घर एक एक रुख हरियाली शहर निर्माण गर्ने लगाएतका एजेन्डाहरु प्रस्तुत गरेको उनले बताए ।

    यसकासाथै उनले पुर्वाधार निर्माणमा, हरेक योजना समयमै निर्माण गर्ने,व्यवस्थित बाटोघाटो बनाउने, घरशहर निर्माण गर्ने, खाल्डाखुल्डी र हिलो बाटो तुरुन्त मर्मत सम्भार गर्ने, पार्क व्यायम, बगौताहरु निर्माण गर्ने, कला सँस्कृति सम्पदा संरक्षण र सम्वद्र्धन गर्ने, जात्रा पर्व संरक्षण गर्ने, भाषा सँस्कृति प्रवद्र्धन गर्ने, लाकुरी भञ्ज्याङ प्रमुख प्रयटक केन्द्र बनाउने लगायतका योजना तथा प्रतिवद्धता पुरा गर्नका लागि महालक्ष्मी नगरपालिकामा मेयर पदमा स्वतन्त्ररुपमा आफ्नो उम्मेदवारी रहेको बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij