
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । मेयर उम्मेदवार राजकुमार महर्जन
राजकुमार महर्जन राप्रपाबाट गोदावरी नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दिएका छन् । आफू जिते पहिलो प्राथमिकता भ्रष्टाचार हटाउने उनले बताए ।
केन्द्रबाट सबै टोल विकास गर्ने, भष्टाचारलाई हटाउने कार्यक्रम ल्याउने र आर्थिक अवस्था बलियो बनाउन सहयोगी कार्यक्रम ल्याउने उनले योजना खुलाए । आफू काम गरेर देखाउने बताए ।
उपमेयर उम्मेदवार रञ्जिता श्रेष्ठ
रञ्जिता श्रेष्ठले गोदावरी नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएकी छिन् । आफूले चुनाव जितेमा प्राथमिकतामा भष्टाचार हटाउने उनले बताइन् । महिला तथा बालबालिकाहरूलाई जोड दिने, बाटो, खानेपानी सुविधाका पूर्वाधारमा जोड दिने काम आफ्नो हुने उनले बताइन् ।
विदेशबाट नेपाल फर्केकाहरूबाट उनीहरूको दक्षता अनुसार रोजगारीको व्यवस्थापन गरी आर्थिक विकास गरिने, गुणस्तरीय शिक्षाका लागि कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने कार्यक्रम र स्वास्थ्यमा पनि गुणस्तरीय सेवा प्रदान गरिने कार्यक्रमहरू ल्याउने पर्यत्न हुने उनले बताइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij