Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

स्वतन्त्र पार्टीः गोदावरी नगरमा स्वतन्त्रका उम्मेदवारहरू

स्वतन्त्र पार्टीः गोदावरी नगरमा स्वतन्त्रका उम्मेदवारहरू

  • ललितपुर । ललितपुरको चापागाउँ बुलुमा स्वतन्त्र पार्टीबाट मेयरमा सरोज महर्जन, उपमेयरमा सागर महर्जन र अध्यक्षमा उत्तम महर्जन उम्मेदवारी रहेका छन् । यी स्वतन्त्र पार्टी उम्मेदवारलाई निवार्चन आयोगले गुलाव चिन्ह दिएको छ । 

    images
    images
    images

    मेयर उम्मेदवार सरोज महर्जन
    मेयर उम्मेरदार सरोज महर्जनले गोदावरी नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र भइ उम्मेदवारी दिएका छन् ।  पहिलो पटक उम्मेदवारी दिएका महर्जनले जितेमा नगरको विकासमा जोड्दिने बताए ।

    बाटोघाटो, खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारीका लागि आवश्यक पूर्वाधारमा जोडदिने उनले बताए । पहिलो प्राथमिकतामा बेरोजगार युवाहरूका लागि रोजगारीको पूर्वाधार  दिने बताउँदै उनले जनताको माग  तथा आवश्यकता अनुसार जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे ।


    उपमेयर उम्मेदवार सागर महर्जन
    सागर महर्जन उपप्रमुख पदका स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दिएका छन् । पहिलो पटक उम्मेदवारी दिएका उनले नगर विकासका लागि पहिलाका नेताहरूले विकास गर्न नसकेकोले अब युवा उठ्नुपर्ने भएर उठेको हुँ , भने ।

    युवालाई रोजगारी दिने , स्वास्थ्य, शिक्षा, खानेपानी तथा नगरको विकाससँगै जनताको  आवश्यकता र माग अनुसार पालिकाको काम कारबाही अगाडि बढाउने उनले बताए ।  जनताको विश्वासमा कुन कमी हुन नदिने उनले विश्वास दिलाए ।


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij