रौतहटमा भएको बम विस्फोटका अभियुक्त मोहम्मद अफताव आलमलाई थुनामुक्त नगर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । आलमको रिटमा सुनुवाई गर्दै सर्वाेच्च अदालतका न्यायाधीशद्धय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न अस्विकार गरेको हो ।