
May 21 2025 | २०८२, जेठ ७ गते
रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान रक्षाका लागि गठबन्धन गरिएको स्पष्ट पारेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहीबार कांग्रेस र नेकपा (माओवादी केन्द्र)को नगरस्तरीय संयुक्त आमसभामा महामन्त्री शर्माले एकतामा रहि उम्मेदवारलाई जिताउन आग्रह गरे ।
उनले स्थानीय तह निर्वाचनमा पाँच दलबीच भएको तालमेलको इमान्दारीपूर्वक पालना गर्न आग्रहसमेत गरेका छन् । “जीवन विविधताकै कारणले चल्छ, चिन्दै नचिनेको सँग बिहे भएर जीवन बित्छ, यहाँ त सँगै सहकार्य गर्ने साथीलाई मतदान गर्ने कुरा छ, ढुक्कले गर्नुहोस्”, महामन्त्री शर्माले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij