Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

खटाइएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गर्न आयोगको निर्देशन

खटाइएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गर्न आयोगको निर्देशन

  •  काठमाडौँ । आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटाइएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन दिएको छ । 

    images
    images
    images

    बिहीबार आयोगले नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता पौडेलले मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीलाई अनिवार्य रूपमा आफू खटिएका ठाउँमा अविलम्व जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश दिएको जानकारी गराए ।

    images

    उनले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरूरी मानवीय र संवेदनशील कारण परेको अवस्थामाबाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्ने बताएउँदै उनले उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आयोगले निर्देशन दिएको बताए ।

    यस्तै, निर्वाचन आयोग नेपालले आसन्न वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ मा आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ कार्य सम्पन्न भएको जनाएको छ ।

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij