Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

लोक गायक पंगेनीले गरे नरेशबाबुलाई जिताउन रामेछापवासीसँग आग्रह (भिडिओ )

लोक गायक पंगेनीले गरे नरेशबाबुलाई जिताउन रामेछापवासीसँग आग्रह (भिडिओ )

  • रामेछाप । चर्चित लोक दोहोरी तथा जन गायक बद्री पंगेनीले रामेछाप नगरपालिकाको मेयरका उम्मेदवार नरेशबाबु श्रेष्ठलाई जिताउन रामेछापवासीलाई आग्रह गरेका छन् । उनले नरेशबाबुको पक्षमा गीत गाउँदै रामेछापको सबैभन्दा योग्य उम्मेदवार नरेशबाबु भएको भन्दै उनलाई जिताउन आग्रह गरेका छन् । 

    images
    images
    images

    त्यस्तै गायिका रुपी सिन्जाली मगरले उपमेयरको उम्मेदवार ढालविक्रम कार्कीलाई जिताउन आग्रह गरेकी छन् । रामेछाप नगरपालिकाको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को उम्मेदवारको पक्षमा गित गाउँदै उनीहरुले साझा उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् । 

    images

    पंगेनी र नरेशबाबु श्रेष्ठको लामो समयदेखिको चिनजान छ । नेपालमा पहिलो पटक दोहोरी साँझ सञ्चालन गरेर लोक दोहोरी क्षेत्रका कलाकारहरुलाई आर्थिक र व्यवसायिक रुपमा पनि स्थापित हुन ठुलो योगदान गरेको श्रेष्ठ परिवारसंग लोक दोहोरी क्षेत्रका अधिकांस गायक तथा कलाकारहरु नजिक छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सफल व्यवसायिको छवी बनाएका नरेशबाबु श्रेष्ठका कान्छा भाइ रमेशबाबु श्रेष्ठले नेपालमा पहिलो पटक व्यवसायिक रुपमा रात्रिकालिन व्यवसाय ‘दोहोरी साँझ’ सञ्चालन गरेका हुन् ।

    images

    भिडिओ हेर्न लिङ्क खोल्नुस्

    https://www.youtube.com/watch?v=IxTDMomxkTs

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij