
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौँ । एमालेले प्रदेश नम्बर १ का एक जना मन्त्रीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाहीको माग गरेको छ ।
प्रदेशका उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङगामविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ताप्लेजुङका कार्यालय सचिव लीलाचक्र गुरुङले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाहीको माग गरेका हुन् ।
उद्योग मन्त्री प्रताप प्रकाश हाङगामले आचारसंहिता विपरीत उम्मेदवारको चुनावी प्रचार प्रसारमा सरकारी सवारी साधनको प्रयोग गरेको आरोप लगाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij